भरुवा बन्दुक प्रहरीको कब्जामा « Nagarik Khabar

भरुवा बन्दुक प्रहरीको कब्जामा



सुर्खेत । सुर्खेत बराहताल गाउँपालिका ५ करीयापानीस्थित जंगलबाट वेवारिशे अवस्थामा रहेको भरुवा बन्दुक २ नाल बरामद भएको छ । प्रहरी चौकी बड्डी चौरबाट खटिएको प्रहरीले समुयदायप्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बालविवाह, बहुविवाह र घरेलु हिंसा सम्बन्धी जनचेतनमुलक कार्यक्रम गर्ने क्रममा स्थानीयबासीहरुले उक्त जंगलबाट फेला पारी ल्याएको ती हतियार प्रहरीलाई बुझाएका हुन् ।
मोरङ, मिक्लाजुङ गाउँपालिका ६ स्थित बक्राहा नुनसरी खोलामा ५ राउण्ड गोली, जीर्ण अवस्थामा काठ नभएको नाल र म्याग्जिन फेला परेको छ । सोही ठाउँस्थित स्काभेटरले खोला उत्खनन गर्ने क्रममा सो हतियार फेला परेपछि ईलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीले हतियार बरामद गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: