काठमाडौं । नायिका श्वेता खड्का दिल्लीको बीएलके सुपर स्पेसियालिटी अस्पतालमा भर्ना भएकी छिन् ।
उनको शल्यक्रिया गरेर ट्युमर निकालिएको छ । शल्यक्रिया सफल भएपछि आफूले दोस्रो जीवन पाएको उनले बताएकी छन् ।
सोमबार बिहान फेसबुक पेजमा स्वेताले आफूले दोस्रो जीवन पाएको बताउँदै जीवनले आफूसँग दोस्रो पटक खेल खेलेको बताएकी छिन् । फिल्म ‘हेलो जिन्दगी’ को सुटिङका लागि लण्डन पुगेकी उनलाई स्वास्थ्यमा खराबी देखिएपछि अचानक दिल्ली पुर्याइएको थियो ।
फेसबुक पेजमा स्वेताले जीवनबारे अर्को पाठ सिकेको उल्लेख गरेकी छन् । स्वास्थ्यका कारण आफू फिल्ममा काम गर्न नसक्ने बताउँदै हेलो जिन्दगीको टिमसँग माफी मागेकी छिन् ।
स्वेतालाई उनका शुभचिन्तकहरुले शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । स्वेताको पोस्टमा चारहजारभन्दा बढी कमेन्ट आएका छन् ।