हावाहुरीपीडितको घर निर्माण वैशाख २१ गतेदेखि सुरु हुने, ७५० इञ्जिनियर परिचालन « Nagarik Khabar

हावाहुरीपीडितको घर निर्माण वैशाख २१ गतेदेखि सुरु हुने, ७५० इञ्जिनियर परिचालन



वीरगञ्ज । बारा र पर्साका हावाहुरीपीडितको घर बैशाख २१ गतेदेखि निर्माण सुरु हुने भएको छ । नेपाली सेनाले प्रदेश नम्बर २ सरकारको समन्वयमा घर निर्माण गर्ने भएको हो ।

सोमबार हावाहुरीपीडितको निरीक्षणका लागि बाराको फेटा गाउँपालिका–६ पुरैनियाँमा पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले घर निर्माणमा नेपाली सेनाले विलम्ब नगरी काम पूरा गर्ने बताए ।

‘हावाहाहुरी प्रभावितका लागि नेपाली सेनाले बनाउन लागेको घरनिर्माण कार्यमा कुनै पनि नीतिगत प्रश्नले बाधा पुग्दैन,’ उनले भने, ‘कुनै राजनीतिक दवावले पनि प्रभाव पार्दैन ।’ उनले संघीय सरकारले पीडित जनताको घाउमा मलम लगाउने काम गरेकाले प्रदेश नम्बर २ को ससरकारले यस काममा विमति नजनाउने विश्वास व्यक्त गरे ।

हावाहुरी प्रभावित १२ ठाउँमा १२ वटा समूह बनाएर एकै चोटी घर बनाउने काम शुरु गरिने र तिनमा ७५० इञ्जिनियर संलग्न हुने उप्रधामन्त्री पोखरेलले जानकारी दिए ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले मन्त्रिपरिषद्ले गरेको निर्णयानुसार प्रत्येक परिवारलाई एउटा भान्छा र शौचालय गरी दुईकोठे घर बनाइने जानकारी दिए । उनले क्षतिग्रस्त भएको घरका आधारमा सो निर्णय गरिएको र पूर्णरुपमा क्षति भएका व्यक्तिको घर बनाइने बताए ।

संघीय सरकारले बारा पर्साका हावाहुरी प्रभावित एक हजार ४५३ घर बनाउन नेपाली सेनालाई ८४ करोड ६८ लाख ७६ हजार १४० रुपैयाँ प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: