पाल्पामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु « Nagarik Khabar

पाल्पामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु



पाल्पा । निस्धी गाउँपालिका–७ मा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । उनीहरुको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

भेलपानीबाट हुवासतर्फ जाँदै गरेको लु १ ज १९४१ जिप सोमबार अपराह्न साढे ५ बजे दु्र्घटना भएको हो । जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी पाल्पाका प्रमुख एसपी विश्वमणि पोखरेलले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेका एक जना सकशुल
छन् ।

मृतकहरुको सनाखत भएको छैन । उद्धार भइरहेको छ । घटनारबारे अनुसन्धानको भइरहेको एसपी पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: