राष्ट्रपति भण्डारी-सी भेटवार्ता: नेपाल भ्रमणको निम्तो « Nagarik Khabar

राष्ट्रपति भण्डारी-सी भेटवार्ता: नेपाल भ्रमणको निम्तो



काठमाडौँ । चीनमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी जिङ फिङसंग भेटवार्ता गरेकी छन् । सोमवार बेइजिङमा रहेको ग्रेट हल अफ द पिपुलमा चिनियाँ जनमुक्ति सेनाले सलामी अर्पण गर्‍यो ।

भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति भण्डारीलाई बिआरआई सम्मेलनमा सहभागिताका लागि धन्यवाद दिए । राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङवीच सोमवार नै द्विपक्षीय कुराकानीसमेत भएको छ ।

राष्ट्रपति भण्डारीले सीलाई नेपाल भ्रमणको निम्तो दिएकी छन् । भ्रमणका क्रममा आफू र आफ्ना दलका सदस्यलाई दिइएको आतिथ्यताका लागि उनले चिनियाँ समकक्षीलाई धन्यवाद समेत दिएकी छन् ।

भेटवार्ताका क्रममा नेपाल र चीनबिच विभिन्न ७ विषयमा हस्ताक्षर भएको छ । पारवहन, अनुदान तथा सहायता, आर्थिक तथा प्राविधिक सहकार्य, भन्सार लगायतका ७ बुँदामा समझदारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: