नेकपा महासचिव पौडेलले भने- पार्टीमा कुनै गुट छैन (भिडियो अन्तर्वार्ता) « Nagarik Khabar

नेकपा महासचिव पौडेलले भने- पार्टीमा कुनै गुट छैन (भिडियो अन्तर्वार्ता)



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले पार्टी एकताका मिलाउन बाँकी सबै काम केही दिनमा टुङ्गो लाग्ने बताएका छन् । सहमतिका साथ टुङ्गो लगाउनु पर्ने भएकाले एकता प्रक्रिया लम्बिएको उनको तर्क छ ।

उनले भने ‘विचार र सङ्गठन दुवै तरिकाले एकता प्रक्रिया टुङ्गो लगाउनु पर्ने भएकाले सहमतिका लागि समय लागेको हो । हामीले सर्वसम्मत रूपमा काम गरेका छौँ । जटिल विषय टुङ्गो लागेका छन् ।’

नेकपाले अबको केहीदिनमा पोलिटब्यूरो गठन गर्ने, केन्द्रीय निकाय तथा भ्रातृ सङ्गठनको एकता गर्ने जनाएको छ । एकताका लागि आफूहरूले अन्तिम गृहकार्य गरिरहेको बताउँदै पौडेलले पार्टीमा फरक मत वा असहमति नभएर पार्टी निर्णयमा असहमति राख्ने व्यक्ति मात्र रहेको बताएका छन् ।

सरकारको कामको विषयमा आम नागरिक सन्तुष्ट रहेको दाबी गर्दै महासचिव पौडेलले सरकारले गरिरहेको काम राम्रो भए पनि अझ धेरै राम्रा काम गर्न बाँकी रहेको बताए । पार्टी र सरकार मिलेर देश विकासमा लाग्ने उनको प्रतिक्रिया छ ।

नेकपा महासचिव पौडेल पार्टी एकताको आन्तरिक काममा व्यस्त छन् । कार्यव्यस्तताका बीचमा पनि महासचिव पौडेलले नागरिकखबर डटकमलाई समय दिए । पार्टी एकता, केही दिनमा सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र सरकार सञ्चालनबारे हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ महासचिव पौडेलसँग गरिएको सनसनीपूर्ण भिडियो संवाद-

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: