श्रीलंकाका प्रहरी प्रमुख जयासुन्दरा निलम्बित « Nagarik Khabar

श्रीलंकाका प्रहरी प्रमुख जयासुन्दरा निलम्बित



श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी प्रमुखलाई सोमबार निलम्बन गरेका छन् । उनलाई निलम्बन गरिएको श्रीलङ्काको राष्ट्रपतिको कार्यालयले सोमबार जनाएको छ ।

एक साताअगाडि भएको विस्फोटनका घटनामा परी साढे दुई सय भन्दा बढीको मृत्यु भएको घटनालाई लिएर उनले प्रहरी प्रमुख पुजिथ जयासुन्दरालाई निलम्वन गरेका हुन् ।

इस्लामिक स्टेट (आईएस)का लडाकूहरुले आक्रमण गर्ने चेतावनी दिएको भए पनि सुरक्षा निकायको नेतृत्वले वेवास्ता गरेको आरोप उनीमाथि लाग्दै आएको छ ।

राष्ट्रपति सिरिसेनाले यसअघि सुरक्षा सचिवलाई पनि बर्खास्त गरेका थिए । उनले त्यस ठाउँमा सोमबार नै नयाँ सचिव नियुक्त गरेका छन् ।

अघिल्लो आइतबार चर्च र होटलहरुमा भएका विस्फोटनमा परी कम्तीमा २५३ जनाको मृत्यु भएको थियो भने ५०० भन्दा बढी घाइते भएका छन् ।

प्रहरी प्रमुख जयासुन्दरालाई निलम्बन गरेपछि वरिष्ठ प्रहरी उपमहानिरिक्षक चन्दन विक्रमासिङघेलाई कार्यबाहक प्रहरी प्रमुख बनाइएको छ ।

उनले सोमबार नै सेनाका पुर्व प्रमुख शान्ता कोट्टेगोडालाई देशको सुरक्षा प्रमुखमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षेले सन् २००५ मा सेना प्रमुख रहनु भएका ६९ वर्षीय कोट्टाटेगोडालाई आक्रमणको जिम्मेवारी लिँदै राजिनामा दिन दवाव दिएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: