क्याप्टेन लामामाथिको निलम्बन फुकुवा « Nagarik Khabar

क्याप्टेन लामामाथिको निलम्बन फुकुवा



काठमाडौं । नेपाल एयरलाइन्सका पाइलट क्याप्टेन विजय लामामाथिको निलम्बन फुकुवा भएको छ।

निगमको प्रवक्ताको जिम्मेवारीमा हुँदा लामाले विभिन्न मिडियामा दिएका अभिव्यक्ति सुरक्षाका दृष्टिकोणले संवेदनशील भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले लामालाई निलम्बन गरेको थियो ।

प्राधिकरणले उनको लाइसेन्स तत्कालका लागि सस्पेन्स गर्ने निर्णय गरी प्रवक्ताको जिम्मेवारीबाट नहटेसम्म उडानमा रोक लगाउनू भन्ने पत्र नेपाल एयरलाइन्समा पठाएको थियो। सोही पत्रअनुसार एयरलाइन्सले लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको थियो।

निगमले प्रवक्ताको जिम्मेवारीबाट हटाएपछि प्राधिकरणले निलम्बन फुवुवा गरेको छ । अब लामालाई जहाज उडाउन कुनै रोकतोक नभएको एक उच्च अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: