काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले फोनिज तनहुँ शाखाका अध्यक्ष प्रताप रानालाई समाचार संकलनका क्रममा दुव्र्यवहार गर्ने वडा सचिवलाई कारवाही गर्न माग गरेको छ ।
प्राकृतिक स्रोत साधनमाथि भईरहेको दोहनको समाचार संकलनका लागि सोमबार अपरान्ह वडा कार्यालय पुगेका कान्तिर टेलीभिजनका संवाददाता समेत रहेका रानालाई भिमाद नगरपालिका वडा नंं.५ का वडा सचिव रमेशप्रकाश बरालले दुव्र्यवहार गरेका थिए ।
फोनिजका सचिव मिलन लिम्बूले एक विज्ञप्ति जारी गर्दै सूचनाको हक ग्यारेण्टी र पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै निर्वाध रुपमा सुरक्षित तवरले पत्रकारिता गर्ने वातावरण निर्माण गर्दै पत्रकारमाथि दुव्र्यवहार गर्ने उक्त वडा सचिव बरालमाथि कार्वाही गर्न माग गरेको छ ।