राष्ट्रपति भण्डारीको चीन भ्रमण – उपलब्धि के ? : डा. सापकोटा (भिडियो कुराकानी) « Nagarik Khabar

राष्ट्रपति भण्डारीको चीन भ्रमण – उपलब्धि के ? : डा. सापकोटा (भिडियो कुराकानी)



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नौ दिने चीन भ्रमणका क्रममा छन् । वैशाख ११ गते चीन प्रस्थान गरेको राष्ट्रपति भण्डारी सहितको टोली वैशाख १९ गते काठमाडौं फर्किने छ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले विभिन्न स्थानको अवलोकन समेत गर्नेछिन् ।

राष्ट्रपति भण्डारीको भ्रमणलाई चीन सरकारले राजकीय भ्रमणको मान्यता दिएको छ । गणतन्त्रपछि नेपालका राष्ट्र प्रमुखलाई बेइजिङ्गले पहिलो पटक राजकीय सम्मान सहित स्वागत गरेको हो । पछिल्लो समय चीनले नेपाली राजनीतिलाई पनि नजिक बाट नियाल्न खोजेको उसका व्यवहारले प्रष्ट हुन्छ ।

राष्ट्रपति भण्डारीको चीन भ्रमण र चिनियाँ चासोका विषयमा चीन मामिलाका विज्ञ डा. रुपक सापकोटासंग कुराकानी गरेका छौं । उनीसंग हामीले राष्ट्रपति भण्डारीको भ्रमणको उपलब्धी के र बेल्ट एण्ड रोड कार्यक्रमबाट नेपालले के फाइदा लिन सक्छ ? भन्ने विषयमा केन्द्रीत भएर प्रश्न गरेका छौं ।
कुराकानी भिडियोमा

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: