जनप्रतिनिधिले एकल महिलाको जग्गा हडपे « Nagarik Khabar

जनप्रतिनिधिले एकल महिलाको जग्गा हडपे



बुटवल । रूपन्देहीको मर्चवारमा जनप्रतिनिधि र कर्मचारीले एकल महिलाको जग्गा हडपेका छन् । कोटहीमाई गाउँपालिका–४ की कमलावती पालको एक बिघा, १२ कठ्ठा साढे सात धुर जग्गा झुक्याएर नामसारी गरिएको छ । वडाध्यक्ष ओमप्रकाश पाण्डेले आफ्ना छोरासहित सातजनाको नाममा जग्गा नामसारी गराएका हुन् । यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकले प्रकासित गरेको छ ।

प्यारालाइसिसले थलिएकी ४९ वर्षीया कलावती हिँडडुल गर्न सक्दिनन् । उनको जग्गा झुक्काएर नामसारी गरिएको छिमेकी हरिप्रसाद बानियाँले बताए । सरकारले उपचारका लागि पैसा दिएको र सो पैसा पाउन सहीछाप गर्नुपर्ने भन्दै राजीनामा गराएको बानियाँले बताए ।

जग्गाको प्रचलित मूल्य ५० लाखभन्दा बढी छ । उक्त जग्गा चैत १४, १५ र १७ गते सातजनाले राजीनामा गराएको भेटिएको छ । त्यसको केही दिनपछि मालपोतबाट जग्गा नामसारी भएको छ ।

वडाध्यक्ष पाण्डेका छोरा राजेशको नाममा ५ कठ्ठा बढी जग्गा दर्ता भएको छ । त्यस्तै वडा कार्यालयका सहायक सचिव रामनाथ यादवकी पत्नी प्रमिला यादवको नाममा समेत पुर्जा बनेको छ । कोटहीमाईकै सूर्यनाथ यादव, हाटिबनगाईका प्रेमकुमार यादव, लुम्बिनी सांस्कृतिक नगरपालिकाका जितबहादुर यादव, कोटहीमाईकै विश्वनाथ पाल, उनकी पत्नी सुहावती पालको नाममा जग्गा सारिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: