आज सामान्य बद्ली हुने संभावना « Nagarik Khabar

आज सामान्य बद्ली हुने संभावना



काठमाडौं । आज काठमाडौ उपत्याका र आसपासका पहाडी जिल्लाहरुमा सामान्य बद्ली हुने बाहेक मौसम सफा रहने मौसम पूर्वानुमान शाखाले जनाएको छ । हेर्नुस तीन दिनको मौसम सम्बन्धी विवरणः

बैशाख १७ गते (मंगलबार)

दिउँसोः देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भेगका थोरै स्थानहरुमा अपरान्ह वा साँझपख सामान्य वदली रही मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ। साथै पश्चिमी भेगका एकदुई स्थानमा सामान्य हुरीरबतास चल्ने सम्भावना छ ।राति देशका पहाडी भेगमा मौसम आंशिक देखि सामान्य बदलि रही थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

बैशाख १८ गते (बुधबार)

दिउँसोः देशको पहाडी भेगमा सामान्य बदली रहि बांकी भूभागमा मौसम आंशिक बदलि रहनेछ। पहाडी भेगका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।राति देशको पहाडि भेगमा सामान्य बदली रहि बांकी भूभागमा मौसम आंशिक बदलि रहनेछ। पहाडी भेगका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ साथै पूर्वी तराई भेगका एकदुई स्थानमा सामान्य हुरीरबतास चल्ने सम्भावना छ

बैशाख १९ गते (विहिबार)

दिउँसोः देशको पहाडि भेगमा सामान्य बदली रहि बांकी भूभागमा मौसम आंशिक बदलि रहनेछ। पूर्वी तथा पश्चिमी पहाडी भेगका केहि स्थानहरु र मध्यमध्य भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।
राति देशको पहाडि भेगमा सामान्य बदली रहि बांकी भूभागमा मौसम आंशिक बदलि रहनेछ। पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: