ललितपुरमा जीप दुर्घटना तीनको मृत्यु « Nagarik Khabar

ललितपुरमा जीप दुर्घटना तीनको मृत्यु



काठमाडौ ।ललितपुरको बाग्मती गाउँपालिका –३ तीनपानेमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
तीनपानेबाट भट्टेडाँडातर्फ जाँदै गरेको बा ५ च ५६९६ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्युु भएको ललितपुर प्रहरी परिसरका डिएसपी अपिलराज बोहोराले जानकारी दिए । उनका अनुसार दुर्घटनामा महोत्तरी बर्दिबासका १९ वर्षीय विशाल थापामगर, ललितपुर तीनपानेकी १७ वर्षीया सुनिता लोप्चन र १८ वर्षीया सरिता मोक्तानको ज्यान गएको हो ।
सोमबार राती पौने १० बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा मकवानपुरका रमेश तामाङ घाइते भएका छन्। उनको ललितपुरको आनन्द वन अस्पतालमा उपचार भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: