नेविसंघको आन्दोलनमा प्रहरीको लाठी चार्ज « Nagarik Khabar

नेविसंघको आन्दोलनमा प्रहरीको लाठी चार्ज



काठमाडौं । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विभिन्न क्याम्पसमा नियमविपरीत भर्ना गरिएको भन्दै कांग्रेस समर्थित नेपाल विद्यार्थी संघले आज विहानै प्रदर्शन गरेको छ । नियमविपरित भर्ना गर्नेलाई कारबाहीको मागसहित आन्दोलन गरिरहेको संघले पुरानो बानेश्वरमा प्रदर्शन गरेको हो । मंगलबार बिहानै पुरानो बानेश्वरस्थित साउथ एसिएन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (साम) कलेजमा प्रदर्शन गरेका थिए ।

प्रदर्शनका कारण कक्षा १२ को परीक्षालाई असर परेको भन्दै प्रहरीले प्रदर्शनकारीमाथि चाठी चार्ज गरेको छ । प्रदर्शनमा उत्रिएका एक विद्यार्थीलाई प्रहरीले पक्राउ समेत गरेको महानगरीय प्रहरी वृत्त वानेश्वरका डिएसपी गोविन्द काफ्ले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: