संविधान संशोधनको प्रकृया शुरु हुनेछः प्रचण्ड « Nagarik Khabar

संविधान संशोधनको प्रकृया शुरु हुनेछः प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान गतिशील दस्तावेज भएकाले यसको संशोधनलाई गर्न सकिने बताएका छन् । संविधान जनताको माग अनुसार आवश्यकता अनुसार संविधानमा परिमार्जन, विकास र संशोधन हुने भएकाले यो गतिशील दस्तावेज भएकाले संशोधन गर्न सकिने बताएका हुन । ‘संविधान जनताको माग अनुसार आवश्यकता अनुसार संविधानमा परिमार्जन, विकास र संशोधन हुने भएकाले यो गतिशील दस्तावेज हो’, अध्यक्ष प्रचण्डले भने । आज विहान प्रदेश नम्बर २ मा मधेस तराई फोरमका नेता तथा कार्यकर्तालाई मंगलबार निवास खुमलटारमा पार्टीमा स्वागत गर्दै सो कुरा बताएका थिए । अध्यक्ष प्रचण्डले जनतालाई बढि भन्दा बढि अधिकार दिनका लागि आफूले संविधान संशोधन गराउन प्रयत्न गरेको बताएको बताए ।

उनले संविधान संशोधनका लागी प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी ओलीसंग छलफल गरेर प्रक्रिया सुरु गर्ने धारणा राखे । सबैैतिरको जनताले विकासको अनुभूति गरुन् भन्न चाहना आफूहरुको रहेको भन्दै तयार मधेश क्षेत्रमा बिशेष कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी दिए । ‘हुलाकी राजमार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राखिएको छ, तराई मधेशलाई राजधानीसंग जोड्ने फाष्ट ट्र्याकको काम पनि अघि बढेको छ’, उनले भने ।

 

पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा प्रदेश दुईमा रहेर राजनीति गरिरहेका मधेस तराई पार्टीका अध्यक्ष अमर यादवले पार्टीमा प्रवेश गर्दै संयुक्त जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलन एवम् आदिवासी, जनजाति लगायत अधिकार प्राप्तिका लागि संघर्षरत सबै पक्षको योगदानबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई आत्मसात गर्ने बताए । कार्यक्रममा मधेस तराईको सिंगो पार्टी नेकपामा समाहित भएको थियो । ईशनाथ नगरपालिका रौतहट, कांग्रेसको तर्फबाट निर्वाचित मेयर सन्तोष मेहत्ता र राजपावाट रौतहट ३ का उम्मेद्वार बनेका ओमप्रकाश साहलगायत नेकपाका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डवाट टीका लगाई नेकपामा प्रवेश गरेका थिए । नवप्रवेशीलाई अध्यक्ष प्रचण्डले माला र खादा लगाई पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: