जापानी राजाले आज राजगद्दी त्याग्ने « Nagarik Khabar

जापानी राजाले आज राजगद्दी त्याग्ने



एजेन्सी । जापानका राजा अकिहितोले आज आफ्नो राजगद्दी त्याग्दै छन्। २ सय वर्षको इतिहासमा उनी जापानी पहिलो राजा हुन् जस्ले जिउँदै आफ्नो राजगद्दी छाड्दैछन ।
८५ वर्षीय अकिहितो पछि उनका छोरा नरूहितोले भोली गद्दी सम्हाल्ने छन। राजाले आफू बाँचुन्जेल गद्दी त्याग्न नपाइने परम्परा र कानुन छ। तर पनि अकिहितोले आफू रोगी र बुढो हुँदै गएकाले राज्य चलाउन नसक्ने भएकाले जिम्मेवारीबाट मुक्त हुन चाहेको बताएका थिए। २०१६ देखि नै उनले यस्तो इच्छा व्यक्त गरेपनि कानुनी कारणले गद्दी त्याग्न पाएका थिएनन्।

जापानी संसदले कानुनी बन्देज फुकाइदिएपछि उनले गद्दी त्याग गर्ने भएका हुन्। आज स्थानीय समयअनुसार बेलुकी ८ बजे उनले गद्दी छोड्ने अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: