कांग्रेसबाट निर्वाचित मेयर नेकपामा प्रवेश « Nagarik Khabar

कांग्रेसबाट निर्वाचित मेयर नेकपामा प्रवेश



काठमाडौं । रौतहटको इशानाथ नगरपालिकमा कांग्रेसका तर्फबाट निर्वाचित भएका मेयर सन्तोष मेहता मंगलबार बिहान नेकपामा प्रवेश गरेका छन् ।
। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई पार्टीमा स्वागत गरेका थिए । मंगलबार विहान प्रचण्ड निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मेयर मेहतालाई प्रवेश गराइएको थियो ।
उनले अब नेकपाको राष्ट्रिय समृद्धिको यात्रामा हरतरहले सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन । नेपाली कांग्रेस भ्रष्टचारको दलदलमा भासिएका कारण आफू नेकपामा प्रवेश गरेको उनले बताए । उनीसँगै अन्य नेता कार्यकर्ताहरु पनि नेकपामा प्रवेश गरेका थिए । मेयर मेहता नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहसँग निकट थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: