वाइसीएल अध्यक्ष दीपशिखाको प्रश्न– सत्य बोल्दा क्याप्टेन लामालाई किन कारवाही ? « Nagarik Khabar

वाइसीएल अध्यक्ष दीपशिखाको प्रश्न– सत्य बोल्दा क्याप्टेन लामालाई किन कारवाही ?



काठमाडौं । सत्य बोल्दा निगमले कारवाही गरेको भन्दै क्याप्टेन विजय लामाको समर्थनमा व्यापक जनलहर देखिएको छ । क्याप्टेन लामाको समर्थन गर्दै सामाजिक सञ्जाल भरिएका छन् ।

क्याप्टेन लामाको कारवाहीलाई लिएर वाइसीएल अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले सत्य बोल्दा क्याप्टेन लामालाई कारवाही गर्न नहुने तर्क गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्– ‘मैले धेरै पहिलादेखि भनेको छु– निगम डुवाउने खलनायकहरू किन पालेको ? खासमा अहिलेका अध्यक्ष र महाप्रवन्धक दुवै नालायक हुन् । यिनले एकरातभर यात्रुलाई प्लेनमै थुनेर राख्नेलाई केही नगर्ने तर सत्य बोल्ने क्याप्टेन विजय लामालाई कारवाही गर्ने ? सरकार, लामालाई होईन अध्यक्ष र महाप्रबन्धक दुवैलाई बर्खास्त गर ।’

त्यसैगरी पोखराका पत्रकार राज गुरुङ, धरानका पत्रकार भैरव आङ्लाले क्याप्टेन लामालाई कारवाही गरेकोमा व्यापक विरोध जनाएका छन् ।

त्यसैगरी, दुवईमा रहेका संघीय समाजवादी फोरमका नेता डेरराज तमुले त क्याप्टेन लामालाई कारवाही नभई निगमको नेतृत्व नै सुम्पनुपर्ने तर्क राखेका छन् । यी केही सामाजिक सञ्जालमा प्रस्तुत विरोध त एउटा उदाहरण मात्र हामीले लिएका हौं ।

 

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: