फेरि सर्यो वुमन्स टि–ट्वान्टी लिगको मिति « Nagarik Khabar

फेरि सर्यो वुमन्स टि–ट्वान्टी लिगको मिति



काठमाडौं । नेपालमा आयोजना हुने पहिलो महिला फ्रेञ्चाईज क्रिकेट प्रतियोगिताको रुपमा घोषणा गरिएको वुमन्स टि–ट्वान्टी लिगको मिति फेरि सरेको छ ।

आयोजक एनसीएल स्पोट्सले विज्ञप्तिमार्फत प्रतियोगिताको मिति पुनः सारिएको जानकारी दिएको हो । यससँगै यसअघि जेठ ६ देखि १३ गतेसम्म किर्तिपुर स्थित त्रीबि मैदानमा हुने भनिएको प्रतियोगिता अब जेठको २४ देखी ३० गतेसम्म सञ्चालन हुने छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गर्ने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितासँग मिति जुधेपछि प्रतियोगिताको मिति परिवर्तन गर्नुपरेको आयोजक एनसीएल स्पोट्सले जनाएको छ । यस अघि बिराटनगरको बैजनाथपुर मैदानमा गर्ने तय गरिएको प्रतियोगिता गर्मी मौसमका कारण त्रीबि मैदानमै गर्ने गरी परिवर्तन गरिएको थियो ।

एनसीएल स्पोट्सले प्रतियोगिताका लागि मार्की प्लेयरको छनोट तथा बाँकी खेलाडीका लागि अक्सन समेत गरिसकेको छ । प्रतियोगितामा चारवटा शहरको नाममा स्थापित चारवटा टोलीहरू बिराटनगर रोअरिङ लायेनेस, भैरहवा किङ्स, धनगढी वन्डर वुमन र काठमाडौं सुपर च्याम्पियन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: