अर्थमन्त्री खतिवडा आज फिजी जाँदै « Nagarik Khabar

अर्थमन्त्री खतिवडा आज फिजी जाँदै



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा एसियाली विकास बैंकको बोर्ड अफ गभर्नर्सको ५२ औं वार्षिक बैठकमा भाग लिन मंगलबार राति फिजी जाँदै छन् ।

वैशाख १९ र २० गते फिजीको नादीमा आयोजना हुने बैठकमा मन्त्री खतिवडाले नेपालको गर्भनरको रुपमा वार्षिक बैठकका विषय सूचीहरुमा धारणा राख्ने कार्यक्रम छ । बैठकमा अर्थमन्त्री खतिवडाले एसियाली विकास बैंकका अध्यक्ष तथा दक्षिण एसियाका महानिर्देशक, युरोपियन लगानी बंैक, ओफिडलगायतका वित्तीय संस्थहरुका उच्च पदस्थ प्रतिनिधिहरुसँग छलफल तथा भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

मन्त्री खतिवडाले दक्षिण एसियाली क्षेत्रीय सहयोग (सार्क) अर्थमन्त्रीस्तरीय अनौपचारिक बैठकलाई अध्यक्षता गर्दै सम्बोधन गर्नेछन् । यसका साथै सार्क विकास कोषको गभर्निङ काउन्सिलको बैठकमा समेत उनी सहभागी हुने जनाइको छ ।

उनले बैठक र द्विपक्षीय वार्ताको क्रममा नेपालको संंघीयता कार्यान्वयन, पूर्वाधार निर्माणलगायत समग्र विकासका लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटाउन आवश्यक पहल गर्नुका साथै नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको सन्देश विश्व समुदायका वित्तीय क्षेत्रका जानकारहरुलाई दिने बताइएको छ ।

अर्थमन्त्री खतिवडा २१ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: