सिंहदबार भित्र विद्युत् चुहिदा कर्मचारी घाइते « Nagarik Khabar

सिंहदबार भित्र विद्युत् चुहिदा कर्मचारी घाइते



काठमाडौं । सिंहदरबार भित्र विद्युत् चुहावत हुँदा एकजना घाइते भएका छन् । मंगलबार दिउँसो सामान्य प्रशासन मन्त्रालय अगाडि रहेको विजुलीका तारबाट विद्युत चुहावत हुँदा संघीय संसद सचिवालयमा कार्यरत मिरा रोका घाइते भएकी हुन् ।

स्वास्थ्य मन्त्रालयबाट संसद सचिवालयतिर फर्कदै गर्दा ओढिरहेको छाताले विजुलीको तार छोएको र छाताबाटै विद्युत प्रवाह हुँदा रोका घाइते भएकी हुन् । उनको दायाँ हात पोलेको छ । करेण्टले लड्दा दुवै खुट्टामा चोट समेत लागेको छ । रोकाको अहिले नयाँ बानेश्वर स्थित सिभिल अस्पतालमा उपचार भईरहेको छ ।

‘उनी स्वास्थ्य मन्त्रालयबाट कार्यालय फर्कदै रहेछिन् । सामान्य प्रशासन मन्त्रालय अगाडि पुग्दा विजुलीको तार लत्रिएको रहेछ । घाम छल्ने ओढिरहेको छाताले तार छोएपछि करेण्टले उनलाई पोलेछ’, मिराकी श्रीमान् जीवन रोकाले भने, ‘छाता समाति रहेको दायाँ हात पोलेको छ । लड्डाखेरी दुवै खुट्टामा चोट लागेको छ ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: