कसले दियो निर्माण व्यवसायी महासंघका पदाधिकारीलाई ज्यान मार्ने धम्की ? (भिडियोसहित) « Nagarik Khabar

कसले दियो निर्माण व्यवसायी महासंघका पदाधिकारीलाई ज्यान मार्ने धम्की ? (भिडियोसहित)



काठमाडौं । अपरिचित नम्बरबाट ज्यान मार्ने धम्की आएको सरकारलाई जानकारी गराउँदा पनि पनि कुनै सुनुवाइ नभएको निर्माण व्यवसायीहरुले गुनासो गरेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष रवि सिंह, महासचिवलगायतका २५ जनाभन्दा बढी निर्माण व्यवसायीहरुलाई अपरिचित मोबाइल नम्बरबाट ज्यान मार्ने धम्की आएको जानकारी प्रधानमन्त्री, गृहमन्त्री र सुरक्षा निकायका अधिकारीहरुलाई जानकारी गराउँदा पनि कुनै चासो नदिएको बताएका छन् ।

महासंघका अध्यक्ष रवि सिंहले भने, ‘दिनहुँजसो आफूहरुमाथि पैसा नदिए महासंघका पूर्वअध्यक्ष शरदकुमार गौचनको झै गोली हानेर हत्या गरिदिने धम्की आउने गरेको छ।’

अध्यक्ष सिंह, महासचिव रोशन दाहाल, पूर्वअध्यक्ष जिपछिरिङ लामालगायतका निर्माण व्यवसायीहरुमाथि दैनिक पैसा नदिए ज्यान मार्ने धम्की आउने महासंघका पदाधिकारीहरुको दाबी छ । धम्की दिने काम नरोकिएपछि पत्रकार सम्मेलनमार्फत सार्वजनिक जानकारी गराउनु परेको महासंघले जनाएको छ । अध्यक्ष सिंहले आफूहरुको सुरक्षाका लागि गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए ।

महासंघले निर्माण व्यवसायीहरुको भुक्तानी तत्काल गर्न गरिएको मागलाई पनि सरकारले बेवास्ता गरिरहेको भन्दै आपत्ति जनाएको छ । सरकारले समयमै भुक्तानी नगरेकाले विकास निर्माणको कामनै ठप्प हुने अवस्था आएको अध्यक्ष सिंहको भनाइ छ ।

महासंघका पूर्वअध्यक्ष शरदकुमार गौचनको २०७४ असोजमा नयाँबानेश्वरमा गोली हानी हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: