क्रिकेटर फल्कनरले भने, ‘म समलिङ्गी हैन’ « Nagarik Khabar

क्रिकेटर फल्कनरले भने, ‘म समलिङ्गी हैन’



सिड्नी । सामाजिक सञ्जालमा अफवाह चलेको २४ घण्टापछि अस्ट्रेलियन क्रिकेटर जेम्स फल्कनरले आफू समलिङ्गी नभएको स्पष्ट पारेका छन् ।

पछिल्लो २४ घण्टा यता सामाजिक सञ्जालमा उनी समलिङ्गी भएको चर्चा चलेको थियो । सोमबार फल्कनरको २९औं जन्म दिन थियो । उनले आफ्नी आमा रोस्लिन फल्कनर र रोबजुबस्ता नाम गरेका एक पुरुषसँग सँगै आफ्नो २९औं जन्म दिन मनाएका थिए । उनले त्यसपछि सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नी आमा रोस्लिन र रोबजुबस्तासँगैको तस्वीर पोस्ट गरेका छन् । जसमा उनले रोबजुबस्तालाई ‘ब्वाईफ्रेड’ भनेका छन् । साथै उनले त्यसमै पाँच वर्ष देखी सँगै पनि लेखेका छन् ।

उनले स्टाटसमा लेखेका छन्, ‘जन्म दिनको उपलक्षमा आमा र ब्वाईफ्रेड (सबै भन्दा मिल्ने साथी) सँग डिनर गर्दै छु ।’ त्यही स्टाटसमा ह्यासट्यागसहित उनले थपेका छन्, पाँच वर्ष देखी सँगै । इन्स्टाग्राममा यो स्टाटस देखेपछि फल्कनरलाई समलिङ्गी भएको चर्चा चलेको हो ।

त्यसको २४ घण्टा पछि उनले फेरी इन्टाग्राममै स्टाटस लेख्दै आफू समलिङ्गी नभएको स्पष्ट पारेका छन् । यस पटक उनले आफूले रोबजुबस्तालाई ‘ब्वाईफ्रेड’ भन्नुका कारण पनि खुलाएका छन् ।

 

फल्कनरले लेखेका छन्, ‘गएको रातदेखी मेरो स्टाटसलाई लिएर विभिन्न अफवाह फैलिएको छ । म समलिङ्गी हैन । रोबजुबस्ता मेरा व्यापारीक साझेदार हुन् । यसै कारणले हामी साथसाथ छौं ।’ फल्कनरले यो समयमा समलिङ्गी समूदायबाट आफूले पाएको समर्थनमा भने फल्कनरले खुसी ब्यक्त गरेका छन् । सामाजिक सञ्जालमा उनको स्टाटस र समाचार पढ्नेमध्ये समलिङ्गी समूदायका व्यक्तीहरू उनको पक्षमा देखिएका थिए ।

यो विषयमा क्रिकेट अस्ट्रेलियाले समेत खण्डन गरेको छ । क्रिकेट अस्ट्रेलियाले पनि फल्कनर समलिङ्गी नभएको स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: