केएनपी राष्ट्रिय महिला भलिबल : एपीएफलाई उपाधि « Nagarik Khabar

केएनपी राष्ट्रिय महिला भलिबल : एपीएफलाई उपाधि



काठमाडौं । पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ । मंगलबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।

एपीएफले उपाधिका लागि आर्मीविरुद्ध २५–१४, २९–९, २५–१५ को सहज सेटमा जित निश्चित गरेको हो । एपीएफको जितमा सरस्वती चौधरीले स्पाइकमार्फत २७ अंक, ब्लकमार्फत आठ र सर्भिसबाट एक अंक जोडेकी थिईन् ।

यस्तै नेभिका चौधरीले स्पाइकमा २३ अंक, ब्लकमा ६ र सर्भिसबाट एक अंकको योगदान गरिन् । हिरा केसीले टोलीका लागि स्पाइक र ब्लकबाट नौं÷नौं अंक जोडिन् । उपविजेता बनेको आर्मीका लागि भने निरुता ठगुन्नाले १३ अंक, सुनिता खड्काले १२ र सोफिया पुनले नौं अंकको योगदान गरे । प्रतियोगिताको उपाधिसँगै एपीएफले दुई लाख प्राप्त गरेको छ । उपविजेता त्रिभुवन आर्मीले भने एक लाखमै चित्त बुझायो ।

शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा होङगान्जी न्यृडायमण्ड तेस्रो भएको छ । विभागीय टोली नेपाल पुलिस क्लबलाई २५–२२, २५–१८, २५–२२ को सेटमा पराजित गर्दै न्युडायमण्ड तेस्रो भएको हो । तेस्रो भएको न्युडायमण्डले ५० हजार प्राप्त ग¥यो । 

एपीएफकी सरस्वती चौधरी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी चुनिइन् । पुरस्कारण वितरण समारोहमा आर्मीकी निरुता ठगुन्ना शेरवहादुर खड्का स्पेशल अवार्डबाट सम्मानित भइन् ।

न्युडायमण्डकी प्रतिभा माली उत्कृष्ट स्पाइकर, एपीएफकी हिरा केसी उत्कृष्ट व्लकर, एपीएफकी बिनिता बुढाथोकी उत्कृष्ट सेटर, एपीएफकी मनिषा तामाङ उत्कृष्ट डिफेन्स र आर्मीकी सोफिया पुन उत्कृष्ट सर्भर चुनिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: