राष्ट्रपति भण्डारी ल्हासामा « Nagarik Khabar

राष्ट्रपति भण्डारी ल्हासामा



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज बेइजिङ्गबाट ल्हास आइपुगेकी छन् । चिनियाँ समकक्षी सी जिङ्ग फिङ्गको निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा दिउँसो राष्ट्रपति भण्डारी बेइजिङबाट ल्हासा आइपुगेकी हुन् ।
ल्हासा विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले भण्डारीलाई स्वागत गरे । राष्ट्रपति भण्डारी विभिन्न क्षेत्रको भ्रमणपछि पर्सि काठमाडौं आइपुग्ने कार्यक्रम तय भएको छ ।
दोस्रो बेल्ट एण्ड रोड सम्मेलनमा भाग लिन भण्डारी सहितको टोली ११ गते चीन प्रस्थान गरेको थियो । चीन भ्रमणका क्रममा उनले सोमवार ग्रेट हल अफ द पिपलमा समकक्षी सिसंग द्विपक्षीय वार्ता गरेकी थिईन ।
राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपालका लागि चीनका राजदूत होउ याङ्छी लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: