वैचारिक विचलन नरोके नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर दुर्घटनामा फस्छ : प्रचण्ड (भिडियोसहित) « Nagarik Khabar

वैचारिक विचलन नरोके नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर दुर्घटनामा फस्छ : प्रचण्ड (भिडियोसहित)



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलनमा विचारको खडेरी पर्दै गएको बताएका छन् । उनले वैचारिक बहसमा केन्द्रित नभए नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर दुर्घटनामा फस्ने सम्भावना पनि औंल्याए ।

१३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले मजदुरहरुलाई पनि समाजवादी कित्ताको पक्षमा उभिएर अघि बढ्न आह्वान गरे । अध्यक्ष प्रचण्डले विश्वमा ठूलठूला आन्दोलन, क्रान्ति र परिवर्तन विचारको बलमा भएको उल्लेख गर्दै नेपालमा पनि समाजवादको आधार निर्माण हुने गरी विचारको बहसलाई अघि बढाउन जरुरी रहेको टिप्पणी गरे ।

समाजवादको आधार तयार पार्न सोही अनुसारको पार्टी संगठन, विचार, कार्यशैली र संरचनाको सुधारमा सबैले जोड दिनुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: