एजेन्सी । नेपालको मकालु ‘बेस क्याम्प’मा हिममानव अर्थात यती भेटिएको भारतीय सेनाले दावी गरेको छ । भारतीय सेनाले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमार्फत आफ्नो आरोहण दलले नेपालको मकालु बेस क्याम्पमा हिममानव भेटिएको दाबी गरेको हो ।
भारतीय सेनाले ट्वीटर अकाउन्टमा मकालु बेस क्याम्पमा यती हिडेको खुट्टाको चिन्हसहितका तस्वीर सार्वजनिक गरेको छ । भारतीय सेनाले आफ्नो आरोहण दलले गत अप्रिल नौंमा ती तस्वीर खिचेको जनाएको छ ।
सार्वजनिक गरिएको तस्वीरमा यतीको पाइलाको नाप ३२ बाई १५ मापन गरिएको छ । यसबारे नेपाल र भारतका अन्य अधिकारीहरूले भने केही बोलेका छैनन् । यती नेपाल र तीब्बतका पौराणिक कथामा उल्लेख भएको जीव हो । जो एसियाका सुन्दर हिमाली क्षेत्रमा बस्ने अनुमान गरिन्छ ।
भयङ्कर आकारमा हुने विश्वास गरिएको यतीलाई हिममानव भनिएको हो । त्यही विश्वासका साथ ती इलाकामा बारम्बार यती देखिएको समाचार आउने गरेका छन् ।
पश्चिमा अनुसन्धानकर्ताहरूले भने हिममानवको अस्तित्व अस्वीकार गरेका छन् । उनीहरूले हिमालमा रहने भालूकै एक प्रजातिलाई नै हिममानव भनिएको दाबी गरेका छन् ।
For the first time, an #IndianArmy Moutaineering Expedition Team has sited Mysterious Footprints of mythical beast ‘Yeti’ measuring 32×15 inches close to Makalu Base Camp on 09 April 2019. This elusive snowman has only been sighted at Makalu-Barun National Park in the past. pic.twitter.com/AMD4MYIgV7
— ADG PI – INDIAN ARMY (@adgpi) April 29, 2019
अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा