राष्ट्रपति भण्डारी एक दिन अगावै स्वदेश फर्कदै « Nagarik Khabar

राष्ट्रपति भण्डारी एक दिन अगावै स्वदेश फर्कदै



काठमाडौं । चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी एक दिन अगावै स्वदेश फर्कने भएकी छिन् । उनी बुधबार विहान १०ः३० बजे स्वदेश आईपुग्ने गृह मन्त्रालयले पुष्टि गरेको छ ।

चीनको राजधानी बेइजिङमा भएको बेल्ट एन्ड रोड (बीआरआई)को दोस्रो अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा सहभागी भएर मंगलबार तिब्बतको ल्हासा पुगेकी भण्डारी सहित भ्रमण टोलीका अधिकांश सदस्यलाई हाई-अल्टिच्यूड (लेक लागेको)का कारण सामान्य समस्या भएको बताइएको छ ।

राष्ट्रपति भण्डारी सिचुवान एयरलाइन्सको विमानबाट बुधबार बिहान साढे १०ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । उनी बिहीबार विहान ११ बजे स्वदेश आईपुग्ने पूर्वनिर्धारित कार्यतालिका थियो ।

राष्ट्रपति भण्डारी बीआरआईमा सहभागी हुन वैशाख ११ गते चीन प्रस्थान गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: