यु-१९ एसिया कप छनोट : १७ गोल खाँदै बाहिरीयो नेपाल « Nagarik Khabar

यु-१९ एसिया कप छनोट : १७ गोल खाँदै बाहिरीयो नेपाल



काठमाडौं । नेपाल एसियाली फुटबल महासंघ (एएफसी) यु–१९ एसिया कपअन्तर्गत दोस्रो चरणको छनोट प्रतियोगिताबाट बाहिरीएको छ । मंगलबार भएको खेलमा आयोजक म्यानमारसँग पनि २–१ गोलले पराजित भएपछि एसिया कप खेल्ने नेपालको सपना समाप्त भएको हो ।

यहि वर्ष अक्टोबर÷नोभेम्बरमा थाइल्यान्डमा हुने यु–१९ एसिया कपका लागि स्थान सुरक्षित गर्न नेपाललाई कुनै पनि अवस्थामा म्यानमारविरुद्व जित आवश्यक थियो । म्यानमारविरुद्व तीन अंक लिनसकेको अवस्थामा म्यानमार र उज्बेकिस्तानलाई गोल अन्तरमा पछि पार्दै एसिया कपका लागि छनोट पक्का गर्ने अवसर नेपालसँग रहेको थियो । यद्यपि नतिजा त्यसको ठीक विपरीत गयो ।

खेलको पहिलो हाफमै १० जनामा समेटिएको म्यानमारविरुद्व एक गोलको अग्रता बनाएर पनि नेपाल जित हात पार्न असफल बन्यो । खेलको ३९औं मिनेटमा मनिशा राउतले पेनाल्टीमा गोल गर्दै नेपाललाई १–० ले अघि बढाएकी थिइन । म्यानमारका या ओले बल लिएर अघि बढेकी मनिशालाई डी बक्स भित्र लडाएका थिए । सोही घटनामा रेफ्रिले म्यानमारका खेलाडीलाई सिधै रातो कार्ड देखाउँदै नेपाललाई पेनाल्टी अवसर दिएका थिए । सोही अवसर मनिशाले सदुपयोग गरेकी हन् ।

त्यसपछि लगातार दुई गोल गर्दै म्यानमारले जित निश्चित ग¥यो । म्यानमारसँगको दुईसँगै नेपाल तीन खेलबाट १७ गोल बेहोर्दै प्रतियोगिताबाट बाहिरीएको छ । नेपालले आफ्नो पहिलो खेलमा अस्टे«लियासँग ११–१ र दोस्रो खेलमा उज्बेकिस्तानसँग ४–० गोलले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: