विप्लवको बन्द : काठमाडौंमा प्रभाव न्यून « Nagarik Khabar

विप्लवको बन्द : काठमाडौंमा प्रभाव न्यून



नारायणप्रसाद ढुंगाना । काठमाडौं। नेत्रविक्रम चन्दको ‘विप्लव’ समूहले आह्वान गरेको बन्दको प्रभाव काठमाडौँमा न्यून छ ।

निजी सवारी साधन निर्वाध चलिरहेका छन् । सार्वजनिक सवारी साधन अन्य दिनको तुलनामा केही कम चलेका छन् । अधिकांश विद्यालय तथा शैक्षिक संस्था बन्द छन् ।

अप्रिय घटना नहोस् भनेर राजधानीका विभिन्न स्थानमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

काठमाडौंमा बन्दले असर नगरेपनि देशका विभिन्न स्थानमा बम विस्फोट भएका छन् । त्यसैगरी शंकास्पद वस्तु फेला परेका छन् भने केही स्थानमा सवारी साधनमा आगजनी भएको छ । सवारी साधन समेत गुडेका छैनन् । जसले यात्रुलाई समस्या भएको छ ।

पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव नेतृत्वको नेकपाले आज बन्द आह्वान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: