नेकपामा बहस ल्याउनेगरी प्रचण्डले के भने ? (भिडियोसहित)  « Nagarik Khabar

नेकपामा बहस ल्याउनेगरी प्रचण्डले के भने ? (भिडियोसहित) 



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आईतबार काठमाडौंमा व्यक्त गरेको धारणालाई लिएर बहस शुरु भएको छ । प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली निकट मानिएका केन्द्रीय सदस्य सूर्य थापाले प्रचण्डलाई व्यग्य गर्दै स्टाटस लेखेपछि दुई समूहबीच बहस शुरु भएको छ ।

नेकपाका केन्द्रीय सदस्य थापाले ‘गुरिल्ला आन्दोलनको नेतृत्व गरेको अनुभवको ऐठन होला ! प्रधानमन्त्री हुन मन लाग्यो, अनि जंगल ! पूर्व हान्नुछ भने पश्चिम हान्ने हल्ला !’ भनेर टिप्पणी गरेपछि पूर्व माओवादी र पूर्व एमालेको ओली गुटबीच बहस शुरु भएको छ । धेरैले केन्द्रीय सदस्य भएको व्यक्तिले सन्दर्भ नबुझिकन् स्टाटस राखेको भन्दै थापाको आलोचना गरेका छन् भने थापाले आफ्नो स्टाटसको बचाऊ गरेका छन् ।


प्रचण्डको पुरा भिडियो सुन्दा प्रधानमन्त्री बन्नका लागि बार्गेनिङ्ग भन्दा पनि आफूले अझैपनि सबैकुरा गर्न तयार छु भन्ने हिसाबले बोलेको देखिन्छ । उनले पार्टी एकता विवादको शुरुवात भएको र त्यसले नयाँ बहस सिर्जना गर्ने बताएका छन् । उनले नयाँ बहसबाट मात्र नयाँ विचार निर्माण हुने तर्क गरेका छन् । त्यसका लागि आफू नेतृत्व लिन तयार रहेको प्रसंगमा उनले आफू जंगल जान समेत तयार रहेको बताएका छन् ।
हेर्नुस् प्रचण्डको भाषण जस्ताको तस्तै भिडियोमा

 

प्रचण्डले कार्यक्रममा राखेको धारणाको सार संक्षेपमा
एक्लै एक्लै महशुस भैरहेको छ एक्लै एक्लै हुन थालियो यो के भएको हो जंगलमा हँुदा बरु सबै थिए । यहाँ आउदा एक्लै भएको महशुस हुदैछ किन किन मलाई लाखौको वीचमा काठमाडौ आउँदा जंगलमा आएजस्तो अनूभूति हुन थालेको छ ।
एकजुट हुदाँ हिम्मत हारेजस्तो, केही पनि गर्न नसकिएला जस्तो अनभूति भैरहेको छ । उतिबेला हामीले जतिसुकै ठूला दुखकष्ट र चुनौति बिर्सन्थ्यौं । तर, अहिले किन त्यस्तो हुँदैन ? हिजो जङ्गलमा सुतियो । तर, जङ्गलको अनुभूति भएन । हामी जङ्गलमा भएजस्तो अनुभूति पनि भएन । तर, अहिले काठमाडौंमा लाखौंको बीचमा हुँदा एक्लै भएको महशुस हुन थालेको छ ।
अहिले के विचित्र भइराखेको छ हामी ६/७ लाख कार्यकर्ता उठ्ने हो भने त हामीले दलाल नोकरशाही पूँजीवाद परास्त गर्न सक्छौं । तर, हामी हिम्मत हार्दैछौं । किन एक्ला भएका छौं ? हामी समूहमा भएर पनि किन कमजोर हुँदैछौं ?
हामीले संकल्प र समीक्षा गर्ने यही हो । आफ्नै पार्टीले सरकारको नेतृत्व गरेको छ, पार्टी पनि विशाल छ, तर तपाइँ हामी एक्लै छौं जस्तो भएको छ।’ उनले प्रश्न गरे हामी कता गइरहेका छौं, ‘पहिला अलि टाढाबाट आएको एउटा साथी भेट्दा गर्वले छाति फुलाउने तपाइँ, हामीहरु अहिले देख्दा पनि नदेखेको झैं गर्ने र बोल्नै नपरेजस्तो गर्न थालेका छौं।’ प्रधानमन्त्री हुन मात्रै पार्टी एकता गरिएको होइन ठूलै सपना बोकेर पार्टी एकता गरिएको हो।
प्रधानमन्त्री हुन र सरकार कब्जा गर्नका लागि पार्टी एकता गरिएको होइन । एउटा नयाँ ढंगको पार्टी निर्माण गरेर समाजवादी युगतिर नेपाललाई लगेर विश्वभरीका समाजवादीहरूलाई सन्देश दिन पार्टी एकता गरिएको हो । मूल्य मान्यतामा चल्ने, विचारमा चल्ने पार्टी बनाउने हो। श्रमजीवि जनताको विशाल फौज बनाउने हो। फौज भन्दा फेरि जनयुद्ध गर्न लाग्यो भन्ने नबुझ्नुहोला मलाई जंगल जान अप्ठ्यरो छैन साथीहरु मलाई फेरी पनि जंगल जान कुनै अप्ठ्यारो छैन । हेदै जानु होला मलाई यसमा कुनै अप्ठ्यरो छैन तर तपाईहरुको साथ चाहिन्छ ।
जंगल जान जनताले साथ दिए फेरि जंगल जान तयार छु । म तपाईहरुको साथबाट जंगल जाने हो । तर जोगी हुन जाने होेइन । यो राजनीतिलाई एक पटक क्लाइमेक्समा पुुर्याएर मात्रै माथि जाने सोच छ । उनले पार्टीभित्रै छिर्के हान्न थालिएको देखिन्छ । अहिले हाम्रो पार्टीमा कम्रेडहरु एकले अर्कोलाई छिर्किने हान्ने गर्नु भा छ, । एउटाले अर्कोलाई सिद्याउन खोजेजस्तो छ । कम्युनिष्ट पार्टी्भित्र पनि बदमास मात्रै हुदैनन सज्जन पनि हुन्छन अलि अलि त बद्मास पनि हुन्छन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: