नेकपामा तरंग ल्याउने गरी के भनेका थिए प्रचण्डले ? (भिडियोसहित) « Nagarik Khabar

नेकपामा तरंग ल्याउने गरी के भनेका थिए प्रचण्डले ? (भिडियोसहित)



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आईतबार काठमाडौंको एउटा कार्यक्रममा व्यक्त गरेका धारणालाई लिएर बहस शुरु भएको छ । कार्ल माक्र्सको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा ‘जनताले साथ दिए जंगल जान तयार छु’ भन्ने प्रचण्डको भनाईले नेकपाभित्र तरंग ल्याएको छ ।

प्रचण्डको उक्त भनाईलाई लिएर पूर्व एमाले समूहका नेता कार्यकर्ताले ‘प्रधानमन्त्रीको लागि बार्गेनिङ’ भनेर व्यङ्ग्य गरेका छन् भने पूर्व माओवादी समुहका नेताले ‘क्रान्तिको स्पिरिटमा बोलेको’ भनेर बचाउ गरेका छन् । प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली निकट मानिएका केन्द्रीय सदस्य सूर्य थापाले ‘गुरिल्ला आन्दोलनको नेतृत्व गरेको अनुभवको ऐठन होला ! प्रधानमन्त्री हुन मन लाग्यो, अनि जंगल ! पूर्व हान्नुछ भने पश्चिम हान्ने हल्ला !’ भनेर सार्वजनिक टिप्पणी गरेपछि पूर्व माओवादी र पूर्व एमालेको ओली गुटबीच बहस पेचिलो बनेको छ ।

स्टाटसमाथि पूर्व माओवादीका केन्द्रीय सदस्य युवराज चौलागाईले टिप्पणी गदैै ‘गुरिल्ला युद्ध होइन –जनयुद्ध, इतिहासको ऐठन होइन –इतिहासको गौरव ! इच्छाको मनोगत आंकलन अर्थहीन !’ लेखेर प्रचण्डको बचाउ गरेका छन् । प्रचण्डले बेला बेलामा दिने अभिव्यक्तिले नेपाली राजनीतिमै तरंग ल्याउने गरेको छ । जसलाई कतिपयले उनको खुबीको रुपमा अथ्र्याउछन् । ‘प्रचण्डले जंगल जान तयार छु भन्यो’ भनेर आलोचना खेपिरहेका प्रचण्डले आईतबारको भाषणमा के के बोलेको थिए ?

प्रचण्डले कार्यक्रममा राखेको धारणाको सार संक्षेप (हेर्नुस् प्रचण्डको भाषण जस्ताको तस्तै भिडियोमा)

एक्लै एक्लै महशुस भैरहेको छ एक्लै एक्लै हुन थालियो यो के भएको हो जंगलमा हँुदा बरु सबै थिए । यहाँ आउदा एक्लै भएको महशुस हुदैछ किन किन मलाई लाखौको वीचमा काठमाडौ आउँदा जंगलमा आएजस्तो अनूभूति हुन थालेको छ । एकजुट हुदाँ हिम्मत हारेजस्तो, केही पनि गर्न नसकिएला जस्तो अनभूति भैरहेको छ । उतिबेला हामीले जतिसुकै ठूला दुखकष्ट र चुनौति बिर्सन्थ्यौं । तर, अहिले किन त्यस्तो हुँदैन रु हिजो जङ्गलमा सुतियो । तर, जङ्गलको अनुभूति भएन ।

हामी जङ्गलमा भएजस्तो अनुभूति पनि भएन । तर, अहिले काठमाडौंमा लाखौंको बीचमा हुँदा एक्लै भएको महशुस हुन थालेको छ । अहिले के विचित्र भइराखेको छ हामी ६÷७ लाख कार्यकर्ता उठ्ने हो भने त हामीले दलाल नोकरशाही पूँजीवाद परास्त गर्न सक्छौं । तर, हामी हिम्मत हार्दैछौं । किन एक्ला भएका छौं रु हामी समूहमा भएर पनि किन कमजोर हुँदैछौं रु हामीले संकल्प र समीक्षा गर्ने यही हो ।

आफ्नै पार्टीले सरकारको नेतृत्व गरेको छ, पार्टी पनि विशाल छ, तर तपाइँ हामी एक्लै छौं जस्तो भएको छ।’ उनले प्रश्न गरे हामी कता गइरहेका छौं, ‘पहिला अलि टाढाबाट आएको एउटा साथी भेट्दा गर्वले छाति फुलाउने तपाइँ, हामीहरु अहिले देख्दा पनि नदेखेको झैं गर्ने र बोल्नै नपरेजस्तो गर्न थालेका छौं।’ प्रधानमन्त्री हुन मात्रै पार्टी एकता गरिएको होइन ठूलै सपना बोकेर पार्टी एकता गरिएको हो। प्रधानमन्त्री हुन र सरकार कब्जा गर्नका लागि पार्टी एकता गरिएको होइन ।

एउटा नयाँ ढंगको पार्टी निर्माण गरेर समाजवादी युगतिर नेपाललाई लगेर विश्वभरीका समाजवादीहरूलाई सन्देश दिन पार्टी एकता गरिएको हो । मूल्य मान्यतामा चल्ने, विचारमा चल्ने पार्टी बनाउने हो। श्रमजीवि जनताको विशाल फौज बनाउने हो। फौज भन्दा फेरि जनयुद्ध गर्न लाग्यो भन्ने नबुझ्नुहोला मलाई जंगल जान अप्ठ्यरो छैन साथीहरु मलाई फेरी पनि जंगल जान कुनै अप्ठ्यारो छैन । हेदै जानु होला मलाई यसमा कुनै अप्ठ्यरो छैन तर तपाईहरुको साथ चाहिन्छ ।

जंगल जान जनताले साथ दिए फेरि जंगल जान तयार छु । म तपाईहरुको साथबाट जंगल जाने हो । तर जोगी हुन जाने होेइन । यो राजनीतिलाई एक पटक क्लाइमेक्समा पुुर्याएर मात्रै माथि जाने सोच छ । उनले पार्टीभित्रै छिर्के हान्न थालिएको देखिन्छ । अहिले हाम्रो पार्टीमा कम्रेडहरु एकले अर्कोलाई छिर्किने हान्ने गर्नु भा छ, । एउटाले अर्कोलाई सिद्याउन खोजेजस्तो छ । कम्युनिष्ट पार्टी्भित्र पनि बदमास मात्रै हुदैनन सज्जन पनि हुन्छन अलि अलि त बद्मास पनि हुन्छन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: