प्रदेश नम्बर १ को राजधानी विराटनगर बनाउने निर्णय « Nagarik Khabar

प्रदेश नम्बर १ को राजधानी विराटनगर बनाउने निर्णय



मोरङ । प्रदेश नम्बर १ प्रदेशसभाले प्रदेशको राजधानी टुंगो लगाएको छ । सोमबार बसेको प्रदेशसभा बैठकले उक्त निर्णय गरेको हो ।

राजधानीका लागि मतदान हुने भनिए पनि विपक्षी नेपाली कांग्रेसले समेत आफ्नो प्रस्ताव फिर्ता लिएर नेकपाको प्रस्तावलाई समर्थन जनाएपछि राजधानीको निर्णय सर्वसम्मत भएको हो ।

प्रदेश नम्बर १ मा कुल ९२ जना प्रदेशसभा सदस्यहरु छन् । तीमध्ये ८६ जनाको उपस्थितिमा विराटनगरलाई स्थायी राजधानी राख्ने प्रस्ताव पारित भएको जानकारी दिइएको छ । बैठकमा ६ जना सदस्य अनुपस्थित रहेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: