१६ बर्षमा लेखापालको कमाई करिब ६करोड ! « Nagarik Khabar

१६ बर्षमा लेखापालको कमाई करिब ६करोड !



काठमाडौं । यातायात व्यवस्था कार्यालय सवारी कोसीका लेखापाल सुरेश अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैद सजाय र जरिवाना माग गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले ५ करोड १० लाख ३३ हजार रुपैयाँ बिगो दाबी गरेको छ । अधिकारीको सम्पत्ति मूल्यांकनबाट १६ वर्षे जागिरे जीवनमा ५ करोड ९८ लाख आर्जन गरेको देखिएको छ । यसमध्ये ८८ लाख रुपैयाँ मात्र वैध छ ।

उनले २०५९ मा जागिर सुरु गरेका थिए । उनले वैधानिक रुपमा ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ आय आर्जन गरेको र बाँकी रकम अवैध देखिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकासित भएको छ।

२०५९ देखि २०६० सम्म एक वर्ष रोल्पाको तेवाङमा गाविस सचिव रहेका अधिकारी २०६० देखि २०६५ सम्म नेपाल टेलिकमको सहायकस्तर तह ४ को पदमा कार्यरत थिए । निजामती सेवाको लेखापाल पदमा २०६५ चैतमा नियुक्त भई उनले कोष तथा लेखा नियन्त्रक कार्यालय भोजपुरमा दुई वर्ष काम गरे । उनी २०६७ देखि २०७४ वैशाखसम्म यातायात व्यवस्था कार्यालय कोसी इटहरीमा लेखापाल पदमा कार्यरत रहे । २०७४ वैशाख ६ गते राजस्व हिनामिनामा उनी निलम्बनमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: