भृकुटीमण्डप जग्गा प्रकरण : दुई अर्बको चलखेल « Nagarik Khabar

भृकुटीमण्डप जग्गा प्रकरण : दुई अर्बको चलखेल



काठमाडौं । समाज कल्याण परिषद्को संरक्षकत्वमा रहेको भृकुटीमण्डपस्थित फनपार्क तथा टुकुचा बजार रहेको जग्गामा सार्वजनिक खरिद ऐनलाई नै मिचेर बिना टेन्डर ९७ रोपनी जग्गा आफूखुसी विभिन्न व्यक्ति तथा संस्थालाई दिइएको पुष्टि भएको समाचार आजको राजधानी दैनिकले पहिलो पृष्ठमा छापेको छ ।

समाज कल्याण परिषद्का गतिविधि छानबिन गर्न २०७५ साल भदौमा विशेष अदालतका पूर्वन्यायाधीस मोहनरमण भट्टराईको संयोजकत्वमा गठित उच्चस्तरीय जाँचबुझ आयोगले परिषद्मा सम्झौताका क्रममा ऐनविपरीत प्रतिस्पर्धा नै नगराई आफूखुसी सम्झौता गरेको भन्दै कारबाही गर्न सिफारिस गरेको थियो ।

साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विभिन्न समयमा भएको छानबिनबाट पनि सरकारलाई झन्डै २ अर्ब घाटा हुन गएको पत्ता लगाएको थियो ।

अख्तियारले सोही प्रकरणमा निर्णय प्रक्रियामा संलग्न तत्कालीन मन्त्रीदेखि परिषद्का पदाधिकारीमाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: