आफ्नै शिक्षक मध्यराती कोठामा आएपछि विद्यार्थीको भागभाग « Nagarik Khabar

आफ्नै शिक्षक मध्यराती कोठामा आएपछि विद्यार्थीको भागभाग



सिन्धुली । बाल सञ्जालको सक्रियतामा फिक्कल गाउँपालिका वडा नंं ३ घर भई सोहि ठाउँको माध्यमिक विद्यालय रातमाटा खोलागाउँमा प्राथामिक तहमा पढाउने शिक्षक ४५ वर्षीय चिरञ्जीवी पहाडीलाई बाल यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आइतबार मुद्दा दर्ता भएको हो ।

शिक्षक पहाडीलाई उनैले पढाएका १४ र १५ वर्षका पूर्वछात्राहरुलाई दुव्र्यवहार गरेको आरोप लागेको छ ।

पीडित बालिकाहरुका बाबु तथा फुपाजुसँग बसी पीडितकै घरमा मदिरा सेवन गरेको र बाबु अर्धचेत अवस्थामा लडेपछि बालिकाहरु सुतेको कोठामा गई ढोका खोल्न लगाई दुव्र्यवहार गरेको भन्दै पीडितले मुद्दा दिईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्र बहादुर सिंहले बताए । यो समाचार आजको राजधानी दैनिकमा प्रकासित भएको छ । 

पीडक पहाडी फरार रहेको र सो घटनाको अनुसन्धान सुरु गरिएको सिंहले जानकारी दिए । उनका अनुसार घटनाको बारेमा बैशाख १४ गते नै वडाध्यक्ष टेक बहादुर रजन मगरलाई पीडित पक्षले लिखित जानकारी गराएका थिए । घटनामा राजनीतिक दवाव आएको र उचित छानविनमा समस्या भएको एसपी सिंहले बताए ।

एसपी सिंहका अनुसार बालिकाहरुले हार गुहार गरेपछि गाउँलेहरु जम्मा भएपछि पहाडी भागेको घटनास्थल अध्ययनबाट खुल्न आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: