किन बहकिन्छन् प्रचण्ड ? « Nagarik Khabar

किन बहकिन्छन् प्रचण्ड ?



काठमाडौं । आजको कान्तिपुर दैनिकमा सम्पादकलाई चिठी स्तम्भमा किन बहकिन्छन् प्रचण्ड शिर्षकमा पाठक प्रतिक्रिया छापिएको छ ।

प्रचण्डको अभिव्यक्तिप्रति पालुङटनर ४ गोरखाका सुजन देवकोटाले यस्तो लेखेका छन्:

‘प्रचण्डका बोली र शैली देख्दा लाग्छ, एउटा राजनीतिक नेतामा हुनुपर्ने एकरति पनि गुण यिनमा देखिँदैन । उनले विप्लवलाइृ अब बन्दुक बोकेर क्रान्ति पूरा गर्छु भनी सपना नदेख्न आग्रह गरेको एक महिना पनि पुगेको छैन । आज तिनै प्रचण्ड आफू एक्लो महसुस भएको भन्दै पुनः जङगल जान तयार रहेको बताउन थालेका छन् ।’

चौबिसे गाउँपालिका ३ धनकुटाका नोदनाथ त्रितालको प्रतिक्रिया यस्तो छ: 

‘प्रचण्डको अभिव्यक्ति सुन्दा आश्चर्य लागेको छ । राज्यकोषबाट सेवासुविधा लिइरहेका करिब पाँच दर्जन सुरक्षाकर्मीको घेरामा रहेका पूर्व प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिनु हास्यास्पद हो । क्रान्तिकारी नेताहरुले जनताको सामुन्ने यस्तो अभिव्यक्ति दिनु कमजोर मानसिकताको उपज हो । देशमा दुई तिहाइ जनमत आफ्नो पार्टीमा छ भन्ने, दुई तिहाइको दिगो सरकार आफैंले गठन गर्ने, आफ्नो नेतृत्वको क्रान्तिकारी पार्टीलाई अर्को पार्टीसँग एकीकरण गरेर दुई जना अध्यक्ष भएको बलियो पार्टी बनाउने, क्रान्तिकारी मोर्चा आफ्नै नेतृत्वमा छ भन्ने अनि फेरी एक्लो महसुस गर्ने ? यो सुहाउने अभिव्यक्ति होइन । रोचक कुरा त के भने हिजो जंगलमा बस्दा जंगलमा भएको जस्तो अनुभूति नै थिएन, तर आज विशाल शहरमा लाखौं मानिसको भिडमा पस्दा भने एक्लो महसुस हुने ? बाबुराम भट्टराईले उपेन्द्र यादव नेतृत्वको पार्टीसँग एकताको सहमति गरेकै दिन प्रचण्डको यस्तो एक्लोपनको अभिव्यक्ति आउनु रहस्यकै बिषय छ ।’

कार्ल माक्सको जन्मजयन्तीको अवसरमा प्रचण्डको अभिव्यक्ति यस्तो थियो: 

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: