आज दिउसो मौसम सफा रहने « Nagarik Khabar

आज दिउसो मौसम सफा रहने



काठमाडौं । काठमाडौ उपत्यका लगायत देशभर आज मौसम सफा रहने मौसम पूर्वानुमान शाखाले जनाएको छ । दिउँसो देशभरको मौसम सामन्यतया सफा रहेता पनि दिउसो वा साँझ पूर्वी तथा मध्य भेगका पहाडी भूभागहरुमा आंशिक वदली रहन सक्नेछ र राति देशभरको मौसम सामन्यतया सफा रहने सो शाखाको अनुमान रहेको छ । मौसम पूर्वानुमान शाखाले दिएको विवरण यस्तो रहेको छ ।

बैशाख २४ गते (मंगलवार )

दिउँसो देशभरको मौसम सामन्यतया सफा रहेता पनि दिउसो वा साँझ पूर्वी तथा मध्य भेगका पहाडी भूभागहरुमा आंशिक वदली रहन सक्नेछ । राति देशभरको मौसम सामन्यतया सफा रहनेछ ।

बैशाख २५ गते (बुधवार)

दिउँसो देशको पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा सामान्यतया सफा हुने देखिन्छ । पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।
रातिदेशको पूर्वी पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा सामान्यतया सफा रहने देखिन्छ। पूर्वी पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

बैशाख २६ गते (विहिवार)

दिउँसो देशको पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा सामान्यतया सफा हुने देखिन्छ। मध्य र पश्चिमी पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

राति देशको पूर्वी पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा सामान्यतया सफा रहने देखिन्छ। पूर्वी र मध्य पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: