भारतलाई तिर्ने तीन अर्ब २१ करोड अर्थमै रोकियो « Nagarik Khabar

भारतलाई तिर्ने तीन अर्ब २१ करोड अर्थमै रोकियो



काठमाडौं । नेपालले सेनाका लागि ०६२र६३ पछि भारतसँग सैन्य सामग्री खरिदबापत तीन अर्ब २१ करोड रुपैयाँ ऋण तिर्ने जानकारी गराएको पाँच महिना भएको छ । रक्षा मन्त्रालयले पठाएको ऋण तिर्ने प्रस्तावको फाइल पाँच महिनादेखि अर्थ मन्त्रालयमा रोकिएको छ । गत २८ मंसिरमा काठमाडौंमा नेपाल–भारत सैन्य मामिलासम्बन्धी द्विपक्षीय परामर्श समूहको १३औँ बैठकमा नेपालले भारतीय अधिकारीलाई औपचारिक रूपमा यो जानकारी दिएको थियो ।

‘रक्षा मन्त्रालयले ऋणको भुक्तानी दिनुपर्ने प्रस्ताव अर्थ मन्त्रालयमा छ, कारबाही भएको छैन,’ रक्षा मन्त्रालयका प्रवक्ता बाबुराम गौतमले ‘भारतलाई हतियार तथा सैन्य सामग्री खरिदबापत ऋण तिर्ने निर्णय भइसकेको हो र हामीले पछिल्लो बैठकमा भारतीय पक्षलाई जानकारी दिएका थियौँ ।’ बैठकमा नेपाली पक्षको नेतृत्व गरेका परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख भृगु ढुंगाना, रक्षा सहसचिव बाबुराम गौतमसहितका अधिकारीले ऋण तिर्ने निर्णय भएको जानकारी भारतीय पक्षलाई दिएका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकासित भएको छ ।

बैठकमा भारतीय पक्षको नेतृत्व विदेश मन्त्रालयको नेपाल भुटान डिभिजन प्रमुख सुधाकर दलेलाले गरेका थिए । सरकारी अधिकारीका अनुसार भारतले ऋण तिर्न ताकेता गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: