संसदमा प्रधानमन्त्रीले आज जवाफ दिने « Nagarik Khabar

संसदमा प्रधानमन्त्रीले आज जवाफ दिने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०७६ ७७ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरु आज जवाफ दिनेछन् ।
नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल सकिए लगत्तै प्रधानमन्त्रीले ओलीले जवाफ दिने संसदको कार्यसूची तय भएको छ ।
नीति तथा कार्यक्रममाथि सत्ता पक्ष र विपक्षी दुवैले भाग लिएका थिए । सत्ता पक्षले नीति तथा कार्यक्रमको बचाउ गरेका छन भने विपक्षीले आलोचना गरेका छन् । संसदआजै नीति तथा कार्यक्रम पास हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: