भारतका प्रधानन्याधीशलाई यौन दुर्व्यवहारको आरोपमा सफाई « Nagarik Khabar

भारतका प्रधानन्याधीशलाई यौन दुर्व्यवहारको आरोपमा सफाई



एजेन्सी । भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईले उनीमाथि लागेको यौन दुर्व्यवहारको आरोपमा सफाइ पाएका छन्।
न्यायाधीशहरूको तीन सदस्यीय छानबिन समितिले आरोपहरूमा कुनै सत्यता नभएको ठहर गरेको हो।प्रधानन्यायाधीश गोगोईले यसअघि आरोपहरू झूटो भएको बताउँदै आएका थिए। उनीमाथि सर्वोच्च अदालतकी एक पूर्व कर्मचारीले यौन दुर्व्यवहार गरेको आरोप एप्रिल १९ तारिखमा लगाएकी थिइन्।

त्यसपछि अदालतको फुलकोर्टले प्रधानन्यायाधीशपछिका वरिष्ठ न्यायाधीश शरद अरविन्द बोबडेको संयोजकत्वमा तीन न्यायाधीश सम्मिलित छानबिन समिति बनाएको थियो।शुरूमा समितिमा बोबडेपछिका वरिष्ठ न्यायाधीश एनभी रामना र महिला न्यायाधीश इन्दिरा बनर्जी सदस्य थिए।

तर ती महिलाले न्यायाधीश रामना प्रधानन्यायाधीशसँग निकट रहेको र पारिवारिक सदस्य जस्तै भएको आरोप लगाएपछि रामनाले समितिबाट आफूलाई अलग्याएका थिए।त्यसपछि समितिमा अर्की महिला न्यायाधीश इन्दु मल्होत्रा सहभागी भइन्। सो छानवीन समितिले त्यो आरोपलाई खण्डन गरेको छ । भारतका प्रधानन्यायाधीश यौन दुर्व्यवहारको आरोपमा छानबिन समिति समक्ष उपस्थित भएको यो पहिलो पटक थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: