डिभी लटरीको नतिजा आज सार्वजनिक हुँदै « Nagarik Khabar

डिभी लटरीको नतिजा आज सार्वजनिक हुँदै



काठमाडौं । सन् २०२०को डिभी लटरीको नतिजा आज सार्वजनिक हुँदैछ । डिभी भरेर अमेरिका जान चाहनेले भरेको आवेदनको नतिजा आज दिउसो सार्वजनिक हुने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ ।

गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो । सो समयमा आवेदन दिनेहरुको नतिजा आज आउन लागेको हो डिभी परेरनपरेको हेर्न डिभी फारम भर्दाको कन्फर्मेसन पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ । नतिजा https://www.dvlottery.state.gov/ मा गएर हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: