राजधानी धनकुटा तोक्न माग गर्दै आन्दोलन घोषणा « Nagarik Khabar

राजधानी धनकुटा तोक्न माग गर्दै आन्दोलन घोषणा



धरान । धनकुटा प्रादेशिक राजधानी निर्माण अभियानले धनकुटालाई प्रदेश एकको स्थाई राजधानी नतोकिएको भन्दै आजदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने भएको छ ।
धनकुटा पहिले पूर्वको मुख्य प्रशासनिक केन्द्र रहेको र अहिले पनि राजधानीका लागि थुप्रै सम्भावनाहरु भएर पनि धनकुटालाई राज्यले वेवास्ता गरेको भन्दै आजदेखि चरणवद्ध आन्दोलन गर्ने निर्णय भएको धनकुटा प्रादेशिक राजधानी निर्माण अभियानका सदस्य विजयसन्तोषी राईले बताए ।

उनका अनुसार आन्दोलनको स्वरुप आज मध्यन्ह केही समय चक्काजाम गर्ने र साँझ ब्लाक आउट गर्ने र भोली देखि धनकुटा जिल्ला बन्दका सम्म कार्यक्रम गर्नै कार्यक्रम रहेको छ । धनकुटा पूर्वका सवै क्षेत्रको केन्द्र भएर पनि विराटनर अन्तर्राष्ट्रिय सिमामा रहेको ठाउँलाई राजधानी तोकेर धनकुटालाई पछि पारिएको भन्दै राईले धनकुटा सभासदले धनकुटेली जनताको जनमतलाई धोका दिएको बताए । ‘जनताको जनमत विर्सेर प्रदेश संसदमा दर्ता गरेको प्रस्ताव पनि फिर्ता गरी जनतासँग गरेको बाचा पुरा गरेनन उनीहरुले धोका दिए’सदस्य राईले भने ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: