झापामा पहिलोपल्ट अन्तर्राष्ट्रिय बोडो मेचे साहित्य सभा हुदै « Nagarik Khabar

झापामा पहिलोपल्ट अन्तर्राष्ट्रिय बोडो मेचे साहित्य सभा हुदै



मेचीनगर । झापाको मेचीनगरस्थित को धुलावारीमा ‘प्रथम अन्तर्राष्ट्रिय बोडो मेचे साहित्य सभा’ हुने भएको छ ।मेचे समुदायको भाषा, साहित्य र संस्कृति संरक्षणको उद्देश्यले मेचीनगर–१० धुलावारीस्थित पुरानो कोलोनी रहेको प्लटिङ क्षेत्रमा बैशाख २८ र २९ साहित्य सभा आयोजना गर्न लागेको मेचे बोडो साहित्य सभा नेपालका अध्यक्ष कमल मेचेले बताए । त्यसका लागि उनकै अध्यक्षतामा २२ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

मेचीनगर, हल्दिबारी, अर्जुनधारा र कमलमा मेचे सुमदायको बाक्लो बसोबास रहेको छ । संविधानले लोपोन्मुख भनी सूचीकृत गरेको मेचे समुदायको कूल जनसङ्ख्या ५ हजारभन्दा न्यून छ ।मेचे समुदायले बैशाखमा मनाउने सबैभन्दा ठूलो चाड बैशागु बथरको उपलक्ष्य पारेर यसपाली भारतको आसामका बोडो समुदायसँग मिलेर अन्तर्राष्ट्रिय साहित्य सभा गर्न लागेको आयोजकले जनाएको छ ।

सभामा भारतका राज्यमन्त्री र सरकारी उच्च पदाधिकारीहरु सहभागी बन्ने छन् भने नेपालका तर्पmबाट मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की सहभागी हुनेछन् ।

नेपालका तर्फबाट २२ जातजातिका झाँकीहरु देखाइने छ भने पहिलोपल्ट मेचे समुदायको भाषा र साहित्यका विषयमा प्यानल डिस्कसन हुने भएको छ । कार्यक्रममा २७ लाख ७५ हजार रुपैयाँ खर्च हुने र त्यसको व्यवस्थापनका लागि हरेक मेचे पविारबाट ५०० का दरले सहयोग सङ्कलन गरिएको महिला नेतृ रोशनी मेचे जानकारी दिइन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: