सन्नी लियोनीको भाइरल डान्स (भिडियोसहित) « Nagarik Khabar

सन्नी लियोनीको भाइरल डान्स (भिडियोसहित)



एजेन्सी । चर्चित पोर्न स्टार सन्नी लियोनीले छोरालाई काखमा लिएर नाचिरहेको भिडियो इंस्टाग्राममा पोष्ट गरेकी छन् । यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा उनी छोरालाई काखमा लिएर नाचिरहेको देख्न सकिन्छ । सन्नी लियोनीसंग एक्टर एवं होस्ट रणविजय सिंह पनि देखिएका छन् ।

पञ्जाबी गीतमा उनी सहितको समूह झुमिरहेको देख्न सकिन्छ । यो भिडियो विमानस्थलमा शूट गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी रियालिटी शो splitsvilla सीजन १२ का लागि सुटिङ्गमा निस्किएका बेला भिडियो लिइएको हो ।

सन्नीका दुई छोरा छन् । छोराको जन्म सरोगेसीको माध्यमबाट भएको हो । एक छोराको नाम नोआ र अर्काको अशर रहेको छ । सन्नी लियोनी आफ्नो बिकनी फोटोका कारण पनि सामाजिक सञ्जालमा चर्चामा रहन्छिन् । पछिल्लो समय splitsvilla मा होस्टको भूमिमा रहेकी लियोनीले साउथ इन्डियन र मलयालम फिल्ममा पनि काम गरिरहेकी छन् । 

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

Off to #mtvsplitsvilla season 12!! #SunnyLeone #TikTokwithSunny #returnoftiktok

A post shared by Sunny Leone (@sunnyleone) on

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: