दुई एआइजीको सरुवाः कार्कीलाई एकेडेमी « Nagarik Khabar

दुई एआइजीको सरुवाः कार्कीलाई एकेडेमी



काठमाडौं ।सरकारले दुई प्रहरी अतिरिक्त महानीरिक्षक (एआइजी)को सरुवा गरेको छ । गत हप्ता बसेको मन्त्रीपरिषद बैठकले एआइजी पुस्कर कार्कीलाई प्रहरी प्रधानकार्यालय अपराध अनुसन्धान विभागबाट प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा पठाएको छ भने प्रतिष्ठानमा कार्यरत एआइजी धिरु बस्नेतलाई अपराध अनुसन्धान विभागमा दरवन्दी रहनेगरी राष्ट्रिय सुरक्षा परिषदमा सरुवा गरेको छ । एआइजी ठूले राईको भने सरुवा गरिएको छैन । 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: