काठमाडौं । नायिका दीपिका प्रसाइ आज औपचारिक विवाह बन्धनमा बाँधिदै छिन् । चलचित्र निर्देशक दिवाकर भट्टराईसँग आज उनको विवाह हुँदैछ ।
विगत केही समय अघिदेखि प्रेमसम्बन्धमा रहेको यो जोडीले कोर्ट म्यारिज गरेर सँगै बस्दै आएका थिए ।
दिवाकरले निर्देशन गरेको चलचित्र ऐश्वर्यमा दीपिकाले प्रमुख भूमिकामा अभिनय गरेकी थिइन् ।
दीपिकाले आफ्नो फेसबुक पेजमा हल्दी एण्ड मेहेन्दी स्पेशल भनेर केही तस्विरहरु समेत शेयर गरेकी छन् ।