संसद आधा घण्टापछि बस्ने « Nagarik Khabar

संसद आधा घण्टापछि बस्ने



काठमाडौं । प्रतिनिधिसभाको जारी बैठक आधा घण्टाका लागि स्थगित भएको छ । सरकारका तर्फबाट सङ्घीय संसदमा प्रस्तुत गरिएको आव २०७६/७७ को नीति तथा कार्यक्रममाथि सांसदले बोल्ने क्रम सकिएपछि सभामुख कृष्णबहादुर महराले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन ।

केही बेरपछि बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । यसैगरी प्रधानमन्त्री ओलीले आजै बस्ने राष्ट्रियसभाको बैठकलाई समेत सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: