दिउँसै सपना नदेख्न सरकारलाई सुझाव « Nagarik Khabar

दिउँसै सपना नदेख्न सरकारलाई सुझाव



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारलाई दिउँसै सपना देख्ने काम नगर्न सुझाव दिनुभएको छ ।

संघीय संसद प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुदै उहाँले गर्नै नसक्ने कार्यक्रमहरु ल्याएर सरकारले दिउसै सपना देख्ने काम गरेको भन्दै त्यसो नगर्न सुझाव दिनुभएको हो । शुसासन र भ्रष्टाचारलाई नियन्त्रण गर्छु भन्दै प्राथमिकतामा राख्ने सरकारका अघि कयौ भ्रष्टाचारका काण्ड भईरहेको भन्दै उहाँले नियन्त्रण भन्दा पनि प्रधानमन्त्री भ्रष्टाचारीलाई जोगानउ लागेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो “शुसासनमा शहीद मञ्च नै छैन । बालुवाटारै अर्केले लगिसक्यो । एनसेलले कर नतिरेर कहाँ हिडिसक्यो । १२ अर्ब रुपैया बढी तिरेर फोरजी ल्याईएको छ । वाईडवडी कहा छ कहा छ ? वाईडवडीसंग सम्बन्धीत मन्त्रीलाई के भन्दिनुभयो भने प्रधानमन्त्रीले उहाँ निर्दोष हुनुहुन्थ्यो । प्रधानमन्त्रीलाई निर्दोष भन्ने अधिकार छ ? न्यायीक फैसला गर्ने अधिकार छ ? जसलाई न्यायीक फैसला गर्ने अधिकार नै छैन । उसले फलानोमा र्निदोष । वालुवाटार जग्गामा र्निदोष । वाईडवडीमा र्निदोष । ”

संविधानको मर्म विपरित राष्ट्रपतिले सम्बोधनका क्रममा पटक पटक मेरो सरकार भनी सम्बोधन गरेकोमा पनि उहाँले आपत्ती जनाउनुभयो । संविधानमा गरिएको व्यवस्थाको फेयरिस्त प्रस्तुत गर्दै उहाँले मेरो सरकार भनी गरिएको सम्बोधन संविधान विपरित भएकाले संसोधन गर्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो “संविधानले नै नेपाल सरकारले गर्ने छ ÷ गरिने छ भनेर स्पष्ट लेखिएको छ । अब त्यहा मेरो सरकार भन्न मिल्यो कि मिलेन ? कुनै कविले महाकाव्य लेख्यो भने मिल्छ । कुनै कविले खण्डकाव्य लेख्यो भने मिल्छ । कुनै कविले निबन्ध लेख्यो भने मिल्छ । तर संविधानको आधारशिलामा उभिएको प्रधानमन्त्रीले , संविधानको जगमा उभिएको व्यवस्थापिकाले, संविधानमा उभिएको राष्ट्रपतिले मेरो सरकार भन्न मिल्छ ? यो संबैधानिक रुपमा घोर आपत्तीजनक छ । म यो आपत्ती गर्दछु । र संविधानमा भएको प्रबन्धलाई मानियोस् भन्ने आग्रह गर्दछु । ”

सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र आईसकेपछि गर्ने गरिएको सम्बोधन गर्दा पृथक ढंगबाट राष्ट्रपतिको सम्बोधन भएको भन्दै नीति तथा कार्यक्रममा आफुहरुले दर्ता गराएको संसोधन प्रस्तावलाई स्वीकार गरी सच्याएर अघि बढ्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: