प्रधानमन्त्रीको अभिव्यक्तिले संसदमा हंगामा, काँग्रेसद्वारा बैठक अवरोध (भिडियोसहित) « Nagarik Khabar

प्रधानमन्त्रीको अभिव्यक्तिले संसदमा हंगामा, काँग्रेसद्वारा बैठक अवरोध (भिडियोसहित)



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले अपमान गरेको भन्दै प्रतिनिधिसभामा नाराबाजी गरेको छ । नीति तथा कार्यक्रममाथि सांसदहरुले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले आक्रोश व्यक्त गरेर प्रश्नहरुको जवाफ नदिएको भन्दै नेपाली काँग्रेसले बिरोधमा नाराबाजी गरेको हो ।
प्रधानमन्त्रीले आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि संसदमा हंगामा भएको हो । संसद र सांसदको अपमान गरेको भन्दै रेकर्डबाट हटाउन माग गरिएको नेपाली काँग्रेसले जनाएको छ । बैठक तनाबपुर्ण बनेको थियो । चर्को बिरोधसंगै सभामुख कृष्णबहादुर महराले सदनको काम कारबाही अगाडी बढाए । बिरोधकाबीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भयो । तर प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले भने सभामुख सरकारको गोटी भएको आरोप लगाएको छ । प्रतिनिधिसभाको अर्को बैठक अब वैशाख २७ गते बिहान ११ बजे बस्नेछ ।  

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: